(नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७६ माघ १५ गते तत्कालीन नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा लिखित सम्बोधन गर्दा एमसिसीबारे बोलेको अंश- सम्पादक।) हाम्रो अगाडि एउटा प्रश्न आएको छ, मिलेनियम च्यालेन्ज कर्पोरेसन, जसलाई एमसिसी भन्ने गरिएको छ। यसको धेरै लामो इतिहासमा म जान्नँ। यो सन् २००४ मा स्थापना भएको अमेरिकी सरकारको सहयोग निकाय…