प्रहरीले वीरगञ्जबाट १ हजार दरका ६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नं।३ बस्ने बिटु द्वुवेदी रहेका छन् । प्रहरीले विशेष सूचनाको आधारमा साउन ८ गते साँझ ५ बजे वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– ११ श्रीपुरटोल स्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको हो…