निजी क्षेत्रका दुग्ध प्रशोधन र बिक्री गर्ने डेरी उद्योगहरुले सबै प्रकारका दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरेका छन् । गत शुक्रबार स्ट्याण्डर्ड दूधको मूल्य बढाउने घोषणा गरेका उनीहरुले कच्चा दूधको मूल्य बढेको भन्दै सबै दुग्ध पदार्थको मूल्य बढाएका हुन् । बढेको नयाँ मूल्यअनुसार विभिन्न प्रकारका प्रशोधित दूधको मूल्य लिटरमा कम्तीमा १० देखि बढीमा २०…