बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। https://www.youtube.com/watch?v=yqwRz66T74Y बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षका जेठाजु पक्राउ परेका हुन्। २२ वर्षकी बुहारीलाई बलात्कार आरोपमा पक्राउ परेका जेठाजुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।