अझै पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा घाटामा नेपाल आयल निगम

भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ । बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ ।…