काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूबीच चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ । आइतबार भएको छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए । शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन आह्वान र नेतृत्व परिवर्तनको प्रस्तावलाई…