राजेश हमालको नाममा पौने १३ लाख भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा

काठमाडौं । अभिनेता राजेश हमालको नाममा सरकारी ढुकुटीमा भ्रष्टाचार भएको छ । हमाल अभिनित चलचित्र ‘अन्धपथ’ निर्माणका लागि सरकारी ढुकुटीको दुरूपयोग भएको खुलेको हो । अछामको ढकारी गाउँपालिकाले चलचित्र बनाउने नाममा स्थानीय तहको बजेट दुरुपयोग गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनाविरुद्ध मुद्दा दायर गरेपछि यो तथ्य बाहिर आएको हो । पालिका अध्यक्ष प्रकाशबहादुर साउदसहित…