उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो आउँदा १८ घर पुरिएका छन्।पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए। ‘बिहान मान्छे घरमा थिएनन्, पहिरो आएको देखेपछि धेरैजसो सुरक्षित ठाउँमा भागे,’ गुरूङले सेतोपाटीसँग भने, ‘त्यही भएर मानवीय क्षति भएन।’ उक्त गाउँमा झण्डै ८० घर रहेका…