भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको अवस्था वैशाखसम्म ठीकै थियो । पति मोहनलाल नेपाली ढाडका बिरामी छन् । पुर्ख्यौली काम गर्दा–गर्दै ढाड सड्काएका मोहनलाल मेलापात त परै जाओस्, हिँडडुलसमेत गर्न सक्दैनन् । मेलापात, भारोपर्मदेखि छोराछोरीलाई बाटो देखाउनेसम्मको दायित्व उनै उर्मिलाकै काँधमा आएको छ । तैपनि उर्मिला निराश थिइनन् । तामाका मुनाजस्ता चार छोरोछोरी थिए ।…