कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो ।बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत याम रानाले जानकारी दिए ।वीरेन्द्रनगरको सुब्बाकुना हुँदै देखिएको सलह…