चीनमा ६ महिनापछि सिनेमाघर खुल्दै

  कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा अबको ४ दिन पछि देखि सिनेमाघर पनि खुल्ने भएका छन् । ग्लोबल टाइम्सका अनुसार जुलाई २० देखि चीनमा सिनेमाघरहरु खुल्नेछन् । गत जनवरीदेखि चीनका सिनेमाघरहरु बन्द छन् । करिब ६ महिनापछि अहिले सिनेमाघर खोल्ने योजना बनेको छ । योजनाअनुसार सावधानी अपनाउँदै संक्रमणको जोखिम निकै कम भएको क्षेत्रमा मात्र…