खाडी देशमा रहेका नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाउँदै अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्। कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा ती देशमा कार्यरत नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने आकलन माझ नेपाली राजदूतहरूले त्यस्तो निचोड निकालेर सरकारलाई पत्राचार गरेका हुन्। यसै साता उनीहरूबीच भएको भिडिओ कन्फ्रेन्समा विशेष…