सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पूर्वसूचना नदिई आइतबार विद्यालयको पठनपाठन बन्द गरिएको छ । नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण पठनपाठन बन्द गरिएपनि विद्यार्थीलाई पूर्वजानकारी दिइएको थिएन । जसका कारण अधिकांश विद्यार्थीहरु पूर्वनिर्धारित समयमै स्कुल पुगेपछि मात्रै विद्यालय बन्द भएको जानकारी पाएर घरमा फर्केका छन् । विद्यालयको गम्भीर लापरबाहीले आन्तरिक परीक्षा चलेका विद्यालयमा समेत विद्यार्थीलाई पूर्वसूचना नदिई…