अब नेपाल टेलिकमको सिममा ५० रुपैयाँभन्दा कम रिचार्ज तथा टपअप गर्न नमिल्ने !

१५ फागुन, काठमाडौं ।   नेपाल टेलिकमले आजदेखि मोबाइल रिचार्ज र टप–अपको न्यूनतम सीमा ५० रुपैयाँ तोकेको छ । यो नयाँ नियमअनुसार डिजिटल वालेट, मोबाइल बैंकिङ र एमपोस प्रणालीमार्फत रिचार्ज गर्दा कम्तीमा ५० रुपैयाँको सीमा लागु हुनेछ । ग्राहकहरूलाई साना रिचार्ज रकमको प्रयोगलाई सीमित गर्ने उद्देश्यले नेपाल टेलिकमले यस्तो योजना ल्याएको हो ।