काठमाडौं, २९ भदौ । नेपाल समाजवादी मोर्चाले विनापूर्वाधार सेटिङ र आर्थिक चलखेलको आधारमा सीटीईभीटीबाट मान्यता दिएका केयरगिभर सेन्टरहरुको अनुगमन तथा निरीक्षण गरी तिनीहरुको अनुमति खारेज हुनुपर्ने माग राखेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मोर्चाले त्यस्ता प्रशिक्षण केन्द्रले सर्टिफिकेटमात्रै विक्रि गर्ने गरेको भन्दै अनुगमन र कारबाहीको लागि सरकारको ध्यानाकार्षण गराएको हो…