बारीको डिलमा चिटिक्क र कलात्मक सानो घर । घर जस्तो यो चिहानमा झ्याल छैनन् । मरेपछि एकजना मान्छे सुत्न पुग्ने ठाउँ छ घरभित्र । धनकुटाको साँगुरीगढी गाउँपालिका बुढिमोरङकी ८१ वर्षीया फूलमाया नेयोहाङले आफ्नो चिहान घर १५ वर्षअघि बनाउनुभएको हो । घरभन्दा झण्डै ५० मिटर पर बारीको डिलमा ढुङ्गा र सिमेन्ट लगाएर बनाएको चिहानमा घरको जस्तै…