धादिङको चार किलोमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । धार्के नजिक चाल किलोमा भएको दुर्घटनामा तीन जना घाइते भएका तथा आगलागीका कारण ट्रक नष्ट भएको छ । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ प १०९३ नम्बरको ट्रयाक्टर…