काठमाडौं– नेतादेखि कर्मचारीसम्म घुसको दलदलमा फसेका छन् भन्दै आम जनताले गाली गरेको हामी सुनिरहेका हुन्छौँ । तर मानिसहरु घुस खानको लागि कुन हदसम्म जान्छन् भन्ने कुरा पछिल्लो घटनाले देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन, कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक कुमार यादवलाई पक्राउ गर्यो । उनले सवारी दुर्घटनामा ज्यान गुमाएको व्यक्तिको परिवारलाई…