काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि मन्त्रालयभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयका अनुसार वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ यो कदम चालिएको हो। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्न वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिने जनाइएको…