युवा नेता तथा सांसद डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताबाट पञ्चेबाजा सहित भव्य स्वागत

काठमाडौँ, २ वैशाख । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई आइतबार मोरङस्थित आफ्नै निर्वाचन क्षेत्रका जनताले पञ्चेबाजा सहित भव्य स्वागत गरेका छन्। बेलबारी नगरपालिका–११ मा आयोजित विशेष कार्यक्रममा डा. शर्माले एक थान एम्बुलेन्स हस्तान्तरण गरेपछि स्थानीय बासिन्दाले पञ्चेबाजाको धुनमा नाचगानसहित उनको आत्मीय स्वागत र सम्मान गरेका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका महासमिति…