“नेपाल मर्चेन्ट बैंकर्स संघ र एआईबीआई बीच लगानी व्यवसायमा सहकार्य सम्झौता”

काठमाडौं – नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायसँग सम्बन्धित पारस्परिक सहयोग र सहकार्यको लागि सम्झौता भएको छ। भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एआईबीआईको १३ औं वार्षिक सम्मेलनमा यस सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआईका अध्यक्ष…