फिफा वरीयतामा पहिलो स्थानमा अर्जेन्टिना, नेपालको भने वरीयता एक स्थान खस्कियो

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ ।…