काठमाडौं– अत्यधिक गर्मी बढ्दा दुई जनाले गर्मीका कारण ज्यान गुमाएका छन् । बाँकेको टोपेन्द्र सुनार र कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । टोपेन्द्र सुनार खजुरा गाउँपालिकास्थित खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालक हुन् । शुक्रबार मोटरसाइकलमा घरबाट पसलतर्फ जाने बेला गर्मीले रिँगटा चलेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा उजी बेहोस भएका थिए ।…