Logo

नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने

काठमाडौं– श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ । अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन भइरहेको विश्वकपमा नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने निणर्य गरेको डिभाइन वाइनले जनाएको छ ।

खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरेको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्डसँग नेपालले खेलिसकेको छ । दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग नेपालले खेल्नेछ । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ ।

सोही निर्णय अन्तर्गत रहेर मंगलबार नेपाल र नेदरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या बराबरको बिरुवाहरु श्रमसंस्कृतिको प्रणेता तथा धरानमा बिरुवा रोप्ने अभियानमा लागेका धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईको अभियानलाई प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्