हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन् । हरिवन–५ (साविकको घुर्कौली गाविस) को सिद्धार्थ टोल, धनपति टोल, गोेले टोललगायत गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको हो । अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचारका क्रममा छन् । ‘आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले भने, ‘सिंगो वडामै क्यान्सर प्रकोपको…