एमालेले बागमती प्रदेशबाट आज समर्थन फिर्ता लिँदै

हेटौंडा– नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको हो । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने तयारी रहेको एमालेले जनाएको छ । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् ।…