काठमाडौं । अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । प्रेमी युद्ध बानियाँसँगको लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गर्न लागेकी हुन् । सिन्धुपाल्चोक स्थायी घर भएकी पूजा मकवानपुरका बानियाँबीच आधा दशकदेखि प्रेम सम्बन्ध थियो । पूजा र युद्धले मंसिर २० गते सॉगास्थित स्टार फोरच्युन रिसोर्टमा सीमित आफन्त माझ विवाह गर्न लागेका हुन् ।…