नारायण रायमाझीको नयाँ फिल्म ‘बसन्ती’ घोषणा, खेम सेन्चुरी र टेरिया मगर मुख्य भूमिका

काठमाडौं - निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली फिल्म ‘बसन्ती’ निर्माणको घोषणा गरेका छन्। शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। ‘बसन्ती’ नाममा यसअघि पनि फिल्म निर्माण भइसकेको छ। २०५७ सालमा नीर शाहले यही नाममा फिल्म निर्देशन गरेका थिए। डायमण्ड समशेर राणाको उपन्यासमा आधारित उक्त फिल्म प्रदर्शनको २६…