काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा बयान दिनका लागि मंगलबार रुपन्देही आउने भएका छन्। लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन्। उनी बुधबार जिल्ला अदालत रुपन्देहीमा आफैं उपस्थित हुनेछन्। आइतबार रुपन्देही अदालतमा सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेसहितका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको हो। कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता…