काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्ने प्रयास गर्दैछन् भन्ने आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधानलाई खारेज गर्न चाहेको दाबी गरे। अध्यक्ष प्रचण्डले भने, हामीले धेरैपटक भनिसकेका छौं, उहाँले त आन्दोलन र परिवर्तनलाई बर्बाद बनाउन चाहन्छ, संविधान खारेज गर्न चाहन्छन्।…