काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भई स्वदेश फर्किएका छन्। केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति पौडललाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष ,उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते…