साँझ ७ बजे सरकारविरुद्ध ७ मिनेट घण्टी बजाउँदै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्ध ७ मिनेट खबरदारी घण्टी बजाउने भएको छ । रास्वपाले मंगलबार बेलुकी ७ बजे सरकारविरुद्ध ७ मिनेट खबरदारी घण्टी बजाउन लागेको हो । रास्वपाले आज बेलुकी ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलको चोकमा जम्मा भई ७ मिनेट घन्टी बजाउन नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेको छ…