काठमाडौं– उपसभामुख इन्दिरा रानाले पछिल्लो विवादको विषयमा मुख खोलेकी छिन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले अमेरिकी राजदूतावासलाई आफूले कसैको भिसाको लागि अनुरोध नगरेको दाबी गरेकी छिन् । युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन भन्ने खालका भ्रामक र तथ्यहीन समाचारहरू आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको…