कहिलेकाहीँ मध्यरातमा अचानक हाम्रो निद्रा गडबड हुन्छ वा हाम्रो आँखा खुल्छ । विज्ञानका अनुसार रातमा धेरै पटक उठ्ने मानिसको स्वभाव हो । कतिपयलाई रातमा ४ देखि ५ पटकसम्म उठ्ने बानी हुन्छ । बिचमा निद्रा नलाग्नुका धेरै कारण हुन सक्छन् । जस्तै तनावपूर्ण जीवन, अत्याधिक कार्यालयको काम, सम्बन्धमा उतार–चढाव, व्यस्त जीवन, सुत्ने कोठा असहज हुनुलगायत धेरै कारणहरू हुन…