काठमाडौं - कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाह गर्न पाउने कानुन नबनेको र त्यससम्बन्धी विधेयक संसदमा पेस नहुने बताएका छन् । समाजमा नकारात्मक असर पर्ने गरी प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने उनको भनाइ छ । ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाहसम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु,’ प्रतिनिधिसभाको बुधबारको…