काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले साधारण सदस्यतासमेत खोसेपछि प्रधानमन्त्री केपी ओली ‘मदन भण्डारी फाउन्डेसन’ विरुद्ध खनिएका छन् । उनले मदन भण्डारी फाउन्डेसन ठगी खाने भाँडो बनेको आरोप लगाएका छन्। सोमबार च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनले भने, ‘भक्तपुर हो कि कता हो कम्युनिस्ट पाठशाला बनाइएको छ। त्यो व्यक्तिको हो कि, परिवारको हो कि,…