संवैधानिक दायरामा बसरे निकास निकाल्ने गरी प्रयास भइरहेको छ : राष्ट्रपति पौडेल

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा बसरे अहिलेको समस्याको समाधान निकाल्ने बताएका छन् ।जेनजी आन्दोलनपछि तीन दिनसम्म मौन रहेका राष्ट्रपति पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि छलफल र परामर्श भइरहेको बताएका छन् । पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ विचार विमर्श एवं हरप्रयास गरिरहेको जानकारी गराएका छन्…