काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्ने सम्भावना भएको बताएका छन्। उनका अनुसार संसद् सञ्चालनका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति भइसकेको छ र अहिले त्यसकै तयारी भइरहेको छ। सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा बोल्दै थापाले भने, “संसद् अवरुद्ध हुँदा धेरै महत्त्वपूर्ण विषयहरू थाती परेका छन्। हामी…