जुम्लाको अन्तर्राष्ट्रिय प्रवर्धन गर्दै नवयुवराज हृदयेन्द्र शाह, सामाजिक सञ्जालमा भिडियो भाइरल

काठमाडौं - नवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। पहिलोपटक जुम्ला पुगेका उनले आठ मिनेट १६ सेकेन्डको कुराकानीसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोलाई उनकै पिता पारस शाहदेखि परिवारका अन्य सदस्यले पनि सेयर गरिरहेका छन् । भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरेका छन् ।…