काठमाडौं– खोटाङमा टाटा सुमो दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो खोटाङकै केपिलासगढी गाउँपालिका–३ तापखोला नजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा खोटाङकै केपिलासगढी–१ फेदीका ७३ वर्षी दुर्गाप्रसाद राई गम्भीर घाइते भएका छन् । उनको उद्दार गरेर उपचारका लागि सदरमुकाम दिक्तेलतर्फ पठाइएको छ । बाटोमा काठ तेर्सिएपछि हटाउन…