बालेन प्रधानमन्त्रीभन्दा ठूला हुन्, कहिलेसम्म बहिष्कार गर्दै हिँड्लान् ?

काठमाडौं - केही दिनअघि धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले प्रधानमन्त्री केपी ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटे । त्यसअघि पनि उनी धरानबाट रित्तो गाग्री लिएर काठमाडौं आएका थिए । सिंहदरबारस्थित गेटमा उनलाई सुरक्षाकर्मीले रित्तो गाग्री लिएर भित्र पस्न दिएन । केही बेर गलफत्तीपछि उनी प्रधानमन्त्री ओलीलाई नभेटी धरान फर्किए । धरान फर्केर फेरि उनी…