काठमाडौं - सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पुहुपनारायण महतोले विद्यालय परिसरमा वासुदेव उपाध्यायको अर्धकदको शालिक राख्ने सहमति पत्रमा आफ्नो हस्ताक्षर भए पनि कहिले गरेको भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् । सरस्वती मावि परिसरमा उपाध्यायको शालिक राखिएपछि विवादमा तानिएका महतोले बिहीबार काठमाडौंमा कुराकानी गर्दै आफूले हस्ताक्षर गरेको मिति यादमा नआएको बताए…