काठमाडौं - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार अपराह्न हेटौंडास्थित प्रदेश प्रमुख कार्यालयमा उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । बानियाँ आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।