काठमाडौं– काठमाडौंको कमलादीमा भासिएर अवरुद्ध रहेको सडक चार महिनापछि सञ्चालनमा आएको छ। भासिएर क्षतिग्रस्त बनेको टुकुचा खोलाको एघार मिटर लामो कलभर्टको निर्माण भएसँगै सडक सञ्चालनमा आएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको आज शुभारम्भ गरेका छन् । काठमाडौंको व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त…