काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे आठ लाखभन्दा बढी यात्रु आवागमन भएको छ । यस्तै यो समयमा साढे १२ हजारभन्दा बढी उडान–अवतरण भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको हो। आन्तरिक र अन्तर्राष्ट्रिय गरेर नोभेम्बरमा १२…