पुस २ गतेसम्म मुग्लिन–पोखरा सडक अवरुद्ध हुने

दमौली– मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले सवारी आवागमन अवरुद्ध हुने भएको जनाइएको छ । साथै उक्त कार्यालयले…