काठमाडौं- पशुपति क्षेत्र विकास कोषले नाद संगीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा संगीत सन्ध्या आयोजना गर्न थालेको छ । माघे सङ्क्रान्तिदेखि प्रत्येक महिनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न संगीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । संगीत सन्ध्यामा भजन, भक्तिसंगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ । संगीतसन्ध्या…