काठमाडौँ । बम विस्फोट र हत्या आरोपमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका पूर्वमन्त्री एवं कांग्रेस नेता आफताब आलमलाई उच्च अदालत जनकपुर वीरगन्जको इजलासले सफाइ दिएको छ । अदालतको आदेशसँगै आलमसहित सबै प्रतिवादी जेलबाट छुटिसकेका छन् । इँटाभट्टामा मारिएका पीडित परिवार भने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।…