काठमाडौँ - प्रधानमन्त्री केपी ओली अझै अस्वस्थ छन् । बुधबार बिहानदेखि अस्वस्थ भएका ओलीलाई चिकित्सकहरूले बिहीबार पनि आराम गर्न सल्लाह दिएका छन्। सोही कारण उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन्। चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम…