नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले मंगलबार फैसला सुनाउँदै खाणलाई संगठित अपराधको ‘मतियार’को रूपमा दोषी ठहर गरेको हो। यसअघि खाण उक्त प्रकरणमा पुर्पक्षका लागि करिब सात महिना थुनामा बसेका थिए। उच्च अदालत पाटनले २०८० मंसिर २९ गते ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त…